भैलिनीले पाउँछन् एक हजारदेखि १० हजारसम्म दक्षिणा

|

काठमाडौं : धनकी देवीको पूजा गरिने यमपंचकको तेस्रो र विशेष दिन हो- गाइ तिहार। यस दिनलाई धेरै नेपालीले विशेष दिनको रूपमा मनाउने गर्छन्। गच्छेअनुसारको खर्च गर्ने परिपाटी पनि छ यस दिन। भैलिनीलाई खुसी बनाउने र उनीहरूबाट आशिक लिनेदेखि धनकी देवीलाई खुसी बनाउनका लागि आफूसँग भएको पैसालाई पूजा गर्ने पनि गरिन्छ यस दिन।

काठमाडौंलगायत देशका मुख्य शहरहरूमा यसको विशेष रौनक हुने गर्छ। भैलिनीहरूका लागि यस दिन निकै महत्त्वपूर्ण हुन्छ। ठूला व्यापारी तथा प्रतिष्ठित व्यक्तिहरूले भैलिनीहरूलाई दिन भनेर चार-पाँच लाख रुपैयाँ बजेट नै छुट्याउने गरेको बताउने गरेका छन्। प्रतिष्ठित व्यापारीहरूले लक्ष्मीपूजालाई कसरी मनाउँछन् होला?

हामीले सम्पर्क गरेका उद्योगी व्यवसायीहरूले एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म देउसी-भैलोलाई दिने गरेको र आफ्नो घरमा दर्जन बढी टिम देउसी-भैलो खेल्न आउने बताएका छन् भने दिनभर आफ्ना व्यापारिक प्रतिष्ठानमा लक्ष्मीपूजा र बेलुका घरमा लक्ष्मीपूजा विधिवत रूपमा गर्ने गरेका बताउँछन्।

'लक्ष्मीपूजा आमनेपालीले नै विशेष रूपमा मनाउने गर्छन्। आफ्नो लगानी भएको क्षेत्रमा तथा आफूसम्वद्ध निकायहरूमा छुट्टाछुट्टै लक्ष्मीपूजा गरिन्छ', राणाले भनिन्, 'काठमाडौंमा आफ्ना तीन व्यापारिक प्रतिष्ठानमा लक्ष्मीपूजा मनाइयो, बेलुमा घरमा विशेष रूपमा मनाइन्छ।'

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बुधबार आफ्ना तीनवटा व्यापारिक प्रतिष्ठानमा लक्ष्मीपूजा गरिन् भने बेलुका घरमा विशेष रूपमा लक्ष्मीपूजाको तयारी गरेको बताउँछिन्। 'लक्ष्मीपूजा आमनेपालीले नै विशेष रूपमा मनाउने गर्छन्। आफ्नो लगानी भएको क्षेत्रमा तथा आफूसम्वद्ध निकायहरूमा छुट्टाछुट्टै लक्ष्मीपूजा गरिन्छ', राणाले भनिन्, 'काठमाडौंमा आफ्ना तीन व्यापारिक प्रतिष्ठानमा लक्ष्मीपूजा मनाइयो, बेलुमा घरमा विशेष रूपमा मनाइन्छ।'

उनले यस दिन लामो समय भैलिनीहरूसँग बिताउने गरेको बताइन्। उनी आफ्नो घरमा खबर गरेर वा नगरेर साना ठूला गरी एक दर्जन बढी टिम देउसी-भैलो खेल्न आउने गरेको बताउँछिन्। एक टिमलाई न्यूनतम एक हजारदेखि अधिकतम १० हजार रुपैयाँसम्म दक्षिणा दिने गरेको उनले बताइन्।

व्यापारी तथा नेपाल चेम्बरअफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्‍ल पनि बुधबार दिनभर लक्ष्मीपूजामा व्यस्त रहे। मनाङ हेलिकोप्टर प्रालि, भक्तपुर इँटा उद्योग, इन्जिनियरिङ कलेजलगायतका आधा दर्जन आफूसम्वद्ध प्रतिष्ठानमा लक्ष्मीपूजा गरेको र बेलुका घरमा मनाउने तयारीमा रहेको उनले बताए।

मल्लले आफ्नोमा आउने देउसी-भैलो टिमलाई दुई हजारदेखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिने गरेको बताए।

लक्ष्मीपूजाको दिनलाई वर्षकै विशेष दिनको रूपमा लिने गरेका मल्लले आफ्नोमा आउने देउसी-भैलो टिमलाई दुई हजारदेखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिने गरेको बताए।

त्यस्तै, व्यापारी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्‍यक्ष चन्द्र ढकालले पनि दिउँसो आफ्नो मुख्य कार्यालयमा लक्ष्मीपूजा गरे भने बेलुका घरमा विशेष कार्यक्रमका साथ लक्ष्मीपूजा गर्ने योजना रहेको बताए। 'मुख्य कार्यलयमा आफैँ उपस्थित भएर लक्ष्मीपूजा गरेँ, अन्य साना ठूला सबै कार्यालय तथा सबै शाखाहरूमा प्रमुखहरूको उपस्थितिमा गरियो', ढकालले भने।

उनले तिहारमा सबैभन्दा बढी आनन्द देउसी-भैलो टिमहरूसँग नै लिने गरेको बताउँछन्। दक्षिणाका विषयमा बोल्न नचाहने ढकालले आफ्नोमा आउने देउसी-भैलो टिमलाई खुसी बनाउन प्रयास गर्ने बताए। 'सानोमा हामीले पनि निकै भैलो खेलियो, दक्षिणाको चासो पनि हुन्छ', ढकालले भने, 'आएका भैलिनीलाई खुसी बनाउने प्रयास गर्छु।'

व्यापारी तथा नेपाल उद्योग परिसंघका वरिष्ठ उपध्यक्ष सतीशकुमार मोर पनि लक्ष्मीपूजाको दिन बिहानदेखि बेलुका अबेरसम्म लक्ष्मीपूजाकै कार्यक्रममा व्यस्त हुने बताउँछन्। उनी यस दिनलाई सम्पूर्ण उद्योगी व्यापारीले विशेष दिनको रूपमा मनाउने गरेको बताउँछन्। 'धनदेवीको पूजा गर्ने दिन हो, विशेष हुने नै भयो', मोरले भने। उनले आफ्ना आधा दर्जन प्रतिष्ठानमा आफू सहभागी भएर लक्ष्मीपूजा मनाएको बताए।

पहिले घरमा बस्दा दर्जन बढी देउसी-भैलो टिम देउसी-भैलो खेल्न आफ्नो घरमा आउने गरे पनि अहिले भने अपार्टमेन्टमा बस्न आएपछि अपार्टमेन्टभित्र रमाइलोका लागि देउसी-भैलो चले पनि बाहिरबाट टिम नआउने गरेको बताउँछन् मोर।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.