|

सुनसरी : इटहरीमा भएको आगलागीमा करिब ५ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। व्यवसायी नेत्र भट्टराई र गणेश लुइटेलको दुईवटा पसलका सम्पूर्ण समान र घर गरी अन्दाजी ५ करोड बराबरको क्षति भएको हुन सक्ने नेपाल उघोग वाणिज्य महासंघका केन्द्रीय सदस्य रोहित प्रसाईंले जानकारी दिए।

भट्टराईको सप्तकोशी इलेक्ट्रोनिक्समा रहेको टिभी, फ्रिजलगायतका इलोक्टोनिक समानहरू जलेर नष्ट भएका छन्। यस्तै लुइटेलको किड्स कलेक्सनमा रहेका लक्ताकपडा जलेर नष्ट हुँदा ५ करोड बराबरको क्षति भएको अनुमान गरिएको सदस्य प्रसाईले बताए।

इलेक्ट्रोनिक्स पसलका सञ्चालक भट्टराईले सामसुङ कम्पनीका फ्रिज, टिभी सेटलगायतका विभिन्न इलेक्ट्रोनिक्स सामान जलेको बताउँदै गोदाम समेतमा आगलागी हुँदा बढी क्षति पुगेको बताए। अर्का व्यवसायी लुइटेलको बालबच्चाहरूको कपडा, जुत्तालगायतको गोदामसहित पसलमा आगोले क्षति पुर्‍याएको बताए।

दुईवटा घरमा रहेको पसलमध्ये शुरुमा सप्तकोशी इलेक्ट्रोनिक्सबाट आगो सल्किएर अर्को पसलमा प्रवेश गरेका थियो। आगलागी ४ घण्टापछि नियन्त्रणमा लिइएको थियो। इटहरी, धरान, विराटनगर र इनरुवाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिब श्रेष्ठले जानकारी दिए। आगो बिजुली सर्ट भएर लागेको हुन सक्ने बताउँदै क्षतिको विस्तृत विवरण संकलन भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.