|

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डेमोक्र्याटहरुसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। अमेरिकी मध्यावधि निर्वाचनमा संसद्को तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ'मा आफ्नो दल रिपब्लिकन पार्टी पराजित भएपछि राष्ट्रपति ट्रम्पले डेमोक्रयाट्सहरूसँग मिलेर काम गर्ने बताएका हुन्।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूमाथि दबाब बढेको बताए। मंगलबार भएको मध्यावधि निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीले संसद्को तल्लो सदनमा नियन्त्रण गुमाएको थियो। डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेपछि राष्ट्रपति ट्रम्पलाई धक्का लागेको छ।

उनलाई अब विना अड्चन आफ्ना एजेन्डा अघि बढाउन समस्या पर्नेछ। हाउसमा बहुमतका लागि २ सय १८ सिट आवश्यक पर्नेमा डेमोक्र्याटिक पार्टीले त्यसभन्दा बढी सिट जितेको छ। हाउसको ४३५ सिटका लागि चुनाव भएको थियो।

राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन पार्टीले सिनेटमा भने बहुमत हासिल गरेको छ। सिनेटको १०० स्थानमध्ये ३५ सिटमा चुनाव भएको थियो। चुनावी नतिजापछि सिनेटमा डेमोक्रेटिकको ४५ र रिपब्लिकनको ५१ सिट भएको छ। मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुई वर्षे कार्यकालको जनमत संग्रहका रूपमा लिइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.