|

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–११ मा  झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा–१२ का करिब ४५ वर्षका रमेश राना मगर रहेको प्रहरीले जनाएको छ।

सुसुराली घर गएका मगरको हेटौँडा-११ र १२ को सिमानामा रहेको झोलुंगे पुल नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरी भएको झगडामा उनको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। 

मगरलाई करिब १२/१३ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी परिचालन गरि अनुसन्धान थालिएको प्रवक्ता सिंहले बताए। घटनामा संलग्न रहेको आरोपमा दुर्इ जनालाई नियन्त्रणमा लिएको बाँकीको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.