|

काठमाडाैं : नायिका अनु शाह र डिआर अधिकारी अभिनित 'तिम्रो मीठो बातमा' गीत सार्वजनिक भएको छ। ओम सुनुवार र कविता श्रेष्ठको स्वरमा रहेको गीत 'तिम्रो मीठो बातमा' कविता श्रेष्ठको शब्द र ओम सुनुवारको संगीत रहेको छ।

अर्जुन अधिकारीको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा उत्सव दाहालको छायांकन, पदम  तिमिल्सिनाको सम्पादन रहेको छ। ओम सुनुवार र कविता श्रेष्ठको यसअघि नेपाली फिल्म झमक बहादुरमा समावेश रिमिक्स गीत 'आमैले भन्थे' बोलको गीत दर्शकले मन पराएका थिए। कोरियाबाट केही समयअघि म्युजिक भिडियोको अभिनयमा डेब्यु गरेका पोखरा स्थायी घर भएका मोडेल अधिकारीले यसलाई नै व्यवसायिक रुपमा अघि बढाउन लागिपरेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.