|

अछाम : अछामको विभिन्न स्थानमा जुवातास खेल्ने बढे पनि नियन्त्रण भएको छैन। जिल्लाको सदरमुकाम लगायत व्यापारीक केन्द्रहरु साँफेबगर, विनायक बजार, जयगढ बजारलगायत मुख्य बजारका साथै गाउँहरुमा जुवातास खेल भइरहे पनि प्रहरी मौन बसेको छ।

पूर्वी अछामको प्रमुख बजार पञ्चदेवल विनायक नगरपालिकाको केन्द्रमा रहेको विनायक बजारमा खुला रुपमा जुवातास खेल भइरहेको छ। बजारमा होहल्लाका साथ जुवातास खेल भइरहे पनि प्रहरी यसबारे बेखबर छ। इलाका प्रहरी कार्यालय विनायकका इन्चार्ज धनबहादुर चन्दले यसबारे आफुलाई कुनै सूचना नआएको बताए। प्रहरी कार्यालयबाट २०० मिटर दूरीमा भइरहेको जुवातास खेलको सूचना नपाएको प्रहरीको दाबी छ। परम्परागत चाडमा हुने यस्ता खेललाई नियन्त्रण गर्न गाह्रो हुने इन्चार्ज चन्दको भनाइ छ। उनले भने, ‘परापूर्व कालदेखि चलिआएको रीतिरिवाज एकै साथ पूर्ण नियन्त्रण गर्न गाह्रो छ।’

जनप्रतिनिधिको गुनासो 

केही दिनअघि पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा र उपप्रमुख अम्बिका चलाउनेले जुवातास नियन्त्रणका लागि प्रहरीलाई आग्रह गरेका थिए। तर, आफूहरुको आग्रह प्रहरीले नसुनेको उनीहरुको गुनासो छ।

‘बजारमा जुवातास मौलाएको तर आफ्नो सुझाव सुनेनन्,’ उपप्रमुख चलाउनेल भनिन्, ‘हामी आफैले प्रहरीको जस्तो काम गर्न सक्दैनौं, प्रहरीले अटेर गरे।’

प्रहरीकै सेटिङमा जुवातास 

बुधबार साँझ विनायकको एक जुवा अड्डाबाहिर दुई जना प्रहरी सादा पोसाकमा आए र केही व्यक्तिसँग कुराकानी गरेर फर्किए। उनीहरु फर्किएपछि हामी पुगेर सोध्दा थाहा भयो उनीहरु जुवाको खेलको विषयमा बुझ्न आएका रहेछन्।

स्थानीय एक जना सर्वसाधारणले प्रहरीले जुवा खेलाउनेहरुबाट पैसा असुल्ने गरेको दावी गरे। यस विषयमा विनायक प्रहरी प्रमुखले सबै प्रहरीबारे आफुले नजान्ने प्रतिक्रिया दिए।

यसो भन्छन् प्रहरी प्रमुख

अछामका प्रहरी प्रमुख डिएसपी  जनकबहादुर शाहीले केही दिनअघि जिल्लाका पत्रकारहरुसँग अछाममा विगतका वर्षहरुजस्तो जुवातास मौलाएको समाचार लेख्नु नपर्ने बताएका थिए। जुवातास नियन्त्रणमा प्रहरी लागिपरेको उनले बताए। केही दिनअघि जयगढ बजारबाट १४ जना पक्राउ परेका थिए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.