|

कपिलवस्तु : कपिलवस्तुमा प्रहरीले तास खेलिरहेको अवस्थामा १९ जना जुवाडेलाई पक्राउ गरेको छ। बिहीबार बिहान करिब ३ बजेको समयमा प्रहरी निरीक्षक गोविन्द रावतको कमाण्डमा खटिएको टोलीले कपिलवस्तु नगरपालिका–८ दोहनी चोकस्थित रामप्रकाश अग्रहरीको राइस मिलमा उनीहरूलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीका अनुसार तास खेलेको ठाउँबाट नगद एक लाख २१ हजार ३१५ रुपैयाँ बरामद भएको छ। प्रहरीले १३ वटा मोटरसाइकल र १५ थान मोबाईल फोनसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरुमा सोही स्थानका रामानन्द  चौधरी, पुजारी कहार, श्याम पाल चौधरी, शिब रैदास, केवलराम कहार, नन्द राज पाण्डे, कौलेश्वर पथरकट्टा, दिपेन्द्र शरण सिह, रामु प्रसाद कहार, सन्तोष बानिया, उमरबाबु मुसलमान, तिरथ कहार, मुकेश बानिया, अष्टभुजा चौधरी, संजय जैसवाल, धर्मेन्द्र धोवी रहेका छन्। यस्तै नजिर अहमद, मनोज बानियाँ, बलिराम बानियालाई समेत प्रहरी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए। राइस मिलका सञ्चालक अग्रहरी भने फरार रहेकाले उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.