|

सर्लाही : सर्लाहीको मलङ्गवमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ। त्यस्तै ब्रह्मपुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ। 

दिपावलीका लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० का सात वर्षीय निसान्त साहको करेण्ट लागेर मृत्यु भएको हो। 

त्यस्तै, ब्रह्मपुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दिपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा १२ वर्षीय धनिकलाल रायको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.