|

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन हुन्, डा. अनुप बाँस्तोला। उनी दिनको धेरै समय टेकु अस्पतालमै भेटिन्छन्। उनको विषयमा सरकारी चिकित्सकमा विशेषज्ञता हासिल गर्ने एक मात्र चिकित्सक हुन्। 

विभिन्न प्रकारका जनावर तथा सरुवा रोगबाट पीडितहरू तथा छाला रोगसम्बन्धी समस्या लिएर टेकु अस्पताल आउने गर्छन्। यस्तो अवस्थामा पनि उनी प्राय: बिरामीसँग स्फुर्तिसाथ प्रस्तुत हुन्छन्। सधैँ स्फुर्त रहने डा. बाँस्तोलाको फिटनेसको बारेमा थाहाखबरलाई यसरी बताए।

मेरो फिटनेस

बिहान करिब ६ बजेसम्ममा म उठिसकेको हुन्छु। उठ्नेवित्तिकै घर छेवैमा रहेको युएन पार्कमा गएर आधा घन्टादेखि ४५ मिनेट दौडन्छु। घरमा आएर एकछिन फ्रेस भएपछि ब्रेकफास्ट खाएर सिधै अस्पताल जान्छु।

मेरो खाना

मलाई सादा नेपाली खाना नै मनपर्छ तर दैनिक खानामा सकेसम्म सागसब्जी र प्रोटिनयुक्त खाने कुरा छुटाउँदिनँ। बिहान घरमा ब्रेकफास्ट गरेर निस्किन्छु। ब्रेकफास्टमा प्राय: बोइल अण्डा, अम्लेट र एक गिलास दूध हुन्छ। यस्तै, एउटा स्याउ वा केरा भने सकेसम्म छुटाउँदिनँ। घरबाट बिहान ८ बजे निस्किएपछि एकै पटक बेलुकी ५ बजेपछि मात्र घर आउने भएकाले निस्केपछि दिनभर अफिस तथा विभिन्न कार्यक्रममा नै व्यस्त हुन्छु।

अफिसबाहिर कार्यक्रममा छु भने त्यहाँ जे पाइन्छ, त्यही खानेकुरा खाजाको रूपमा खान्छु। अफिसमा भएको बेला साढे १ देखि २ बजे अस्पताल नजिकैका पसलमा पाइने चाउचाउ, थुक्पा खाने गर्छु।

बेलुकीको खाना भने सधैँ घरमा खाने गर्छु। मलाई मासु आइटम, अझ कुखुराको मासु धेरै मनपर्छ। त्यसैले बेलुकीको खानामा सकेसम्म चिकेन आइटम छुट्दैन। चुरोट जीवनमा कहिल्यै खाइनँ तर सोसल ड्रिंक्स भने गर्ने गरेको छु।

मेरो टिभी र मोबाइल

आइफोन-६ प्रयोग गर्दै आइरहेको छु। मोबाइलका एप्लिकेसन कमै प्रयोग गर्छु। घरमा सामसुङको टेलिभिजन छ। बेलुकी वा अन्य बेला खाली भएको बेला टिभी हेर्ने गर्छु। टिभी हेर्दा खेलकुद हेर्ने गरेको छु। समाचार पनि हेर्छु। अझ फुटबल तथा डकुमेन्ट्री र टक शो कार्यक्रम मेरो रोजाइमा पर्छन्।

मेरो पोसाक

चिकित्सको नाताले भन्नुपर्दा सबैले बिरामीले उपचारबाट व‌ंचित भएको देख्नुपर्ने दिन नआअोस् भन्ने लाग्छ। अझ म नेपालको पुरानो एक मात्र सरुवा रोग अस्पतालमा काम गर्छु। पहिले फरक खालका सरुवा रोग देखिन्थे, अहिले नयाँनयाँ खालका रोगहरू देखापरेका छन्।

विशेषत: औपचारिक पोसाक लगाउन मनपराउँछु। ११औँ तहको सरकारी चिकित्सक भएको नाताले पनि सकेसम्म सरकारी ड्रेस नै लगाउन मनपराउँछु। अन्य कपडाहरूचाहिँ म सकेसम्म ब्रान्डेड नै किन्ने गर्छु।

मेरो अध्ययन

म बिरामीहरूको सेवा गरेर रहेको बाँकी समय अध्ययनमै धेरै बिताउने गर्छु। ट्रपिकल मेडिसिनको चिकित्सक भएको नाताले पनि बेलाबेलामा संसारमा देखिने विभिन्न खालका सरुवा रोगहरूका बारेमा अध्ययन अनुसन्धान पनि गर्नुपर्ने हुन्छ। म काम गर्ने अस्पतालमा धेरै चिकित्सा विज्ञान पढिरहेका विद्यार्थीहरू इन्टर्नमा आउने हुनाले उनीहरूका लागि गाइड गर्न पनि पढ्नुपर्ने हुनाले धेरै समय म अध्यनमै बिताउने गर्छु।

भाषण

नेताले जस्तो भाषणचाहिँ हाम्रो पेसामा गर्नुपर्दैन तर कहिलेकाहीँ केही कार्यपत्र तथा विषयगत विषयमा प्रस्तुति दिनुपर्दाचाहिँ एक साता अगाडिदेखि तयारी गर्छु। विषयगतभन्दा अन्य भाषण गर्नुपरे जुन बेला बोल्ने हो, त्यहीँको माहोल हेरेर गर्ने गर्छु।

मेरो सपना

चिकित्सको नाताले भन्नुपर्दा सबैले बिरामीले उपचारबाट व‌ंचित भएको देख्नुपर्ने दिन नआअोस् भन्ने लाग्छ। अझ म नेपालको पुरानो एक मात्र सरुवा रोग अस्पतालमा काम गर्छु। पहिले फरका खालका सरुवा रोग देखिन्थे, अहिले नयाँनयाँ खालका रोगहरू देखापरेका छन्। यस्ता संक्रमणहरूको जोखिमबाट बच्न सकियोस् भन्ने लाग्छ।

म काम गर्ने अस्पतालको सेवा अझ मजबुत होस् भन्ने लाग्छ, जसले गर्दा म अस्पतालमा खाली भएको समयमा पनि अस्पतालको विकासका लागि के गर्न सकिन्छ भन्ने छलफल तथा सल्लाहसमेत दिने गर्छु।

समय मिलाएर घुम्न निस्कन्छु

उपत्यकामा हुँदा अफिसकै कामले आफ्नो तथा परिवारका लागि दिने समय एकदम कम हुन्छ। हरेक मानिसलाई मानसिक रूपमा स्वस्थ हुन आफ्ना लागि पनि समय दिनुपर्ने हुन्छ। समय मिलाएर परिवारसँग घुम्न निस्कन्छु। वर्षमा एक-दुई पटक केही कार्यक्रममा भाग लिन विदेश जाने मौका मिल्छ। यसरी विदेश जाँदा पनि म समय मिलाएर गएको ठाउँमा रहेका केही रमाइला ठाउँहरू हेर्न जाने गर्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.