|

कालिकोट : जिल्ला अस्पताल कालिकोट कर्णाली प्रदेश सरकारको मातहतमा हस्तारण गरिएको छ। बिहीबार एक औपचारिक कार्यक्रमका बीच जिल्ला अस्पताल कालिकोटलाई प्रदेश सरकार मातहतमा हस्तारण गरिएको हो।

नेपाल सरकारको निर्णयानुसार ७७ जिल्लाका जिल्ला अस्पतालहरूलाई प्रदेश सरकार मातहत सञ्चालन गर्ने निर्णयानुसार जिल्ला अस्पताल कालिकोटलाई प्रदेश सरकार माहतहतमा लगिएको हो।

कर्णाली भौगोलिक रूपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी सेवा पुर्‍याउन स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने अवधारणाअनुसार प्रदेश सरकार मातहतमा ल्याइएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर बिकले बताए। ‘ग्रामीण क्षेत्रमा बस्ने नागरिकहरूलाई शुरुमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार तयार छ’, उनले भने, ‘प्रदेश सरकारले यहाँका नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउनका लागि सबै प्रकार काम गर्न तयार रहेको छ।’

जिल्ला अस्पतालमा स्वास्थ्य सेवाको सहज पहुँच नभएको उपकरणको समस्या रहेकोले त्यसको व्यवस्था तत्काल गरिनुपर्ने र जनसंख्याका आधारमा १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालका विकास गर्न पहल थालिने प्रदेश सांसद कुर्मराज शाहीले बताए। उनले भने, ‘कालिकोट, अछाम र दैलेखको बीचमा अस्पताल रहेका कारणले पनि यो अस्पताललाई ५० शय्याको अस्पताल विकास गर्न पहल थालिने छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.