|

काठमाडौं : यमपञ्चकको पाँचौ दिनमा चेलिबेटीले आफ्ना दाजुभाइलाई  विधिपूर्वक पूजाआजा गर्ने, मिठामिठा परिकार खुवाउने र उपहार दिने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई दक्षिणा वा उपहार दिने गर्छन् ।

यो दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोग गरी दिदीबहिनीले दाजुभाइको सुख–समृद्धि, अारोग्य र दीर्घायुको कामना गर्छन्।

त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने गरिन्छ। तेलले सात घेरा हालेर दाजुभाइलाई छेक्ने चलन पनि पाइन्छ । फूल, अक्षता र चन्दनको पूजा गरी दिदी–बहिनीले दाजुभाइको शीरमा तेल लगाउँछन्। यस वर्ष भाइटीकाको शुभ साइत र पूजा गर्ने विधिबारे नेपाल पञ्चाङ निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. सास्कतिविद् माधव भट्टराई:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.