राजनीति

शंखधर साख्वाकाे नाममा संग्रहालय स्थापना गर्ने सरकारकाे घोषणा
SHARES

कात्तिक २२, २०७५

    भक्तपुर : सरकारले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा संग्रहालय स्थापना गर्ने घोषणा गरेको छ। 

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ठ जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्रहालय स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको हो। भक्तपुरमा आयोजित नेपाल संवतको शुभारम्भ कार्यक्रममा बोल्दै उनले शंखधर साख्वाको संग्रहालय स्थापनाका लागि स्थानीय नगरपालिकालाई जग्गा व्यवस्था तत्काल गर्न पनि आग्रह गरे। त्यस अवसरमा मन्त्री पण्डितले शंखध्वर साख्वाले गरिव जनताको ऋणमोचन गरेर ऐतिहासिल योगदान दिएको पनि स्मरण गराए।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय चाडको रुपमा घोषणा गर्न सरकारसँग माग गरे। उनले सरकारले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिन ढिलाई नगर्ने विश्वास पनि व्यक्त गरे।

    यता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व मन्त्री महेश बस्नेतले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिने गरी सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]