|

सिन्धुपाल्चोक : प्रदेश ३ ले पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले १० वटा हिल स्टेशन निर्माण गर्न लागेको छ। प्रदेशमा आन्तरिक तथा बाह्य अन्य पर्यटक भित्र्याउने लक्ष्यले हिल स्टेशन निर्माण गर्ने लागेको होे। 

सिन्धुपाल्चोकको मुडेसहित सोम्दाङग, कुलेखानी, शिवालय, सिन्धुलीगढी, जिरी,रुबी भ्याली, ककनी, चित्लाङग र चिम्टेश्वरमा हिल स्टेशन बनाउँन लागेको हो। यसै आर्थिक वर्षबाट हिल स्टेशन निर्माण गर्न बजेट विनीयोजन गरेको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले जनाए। हिल स्टेशन निर्माणपछि प्रदेशको आन्तरिक र बाह्य पयर्टकमार्फत आर्थिक उपार्जन हुने भएकाले यस्तो योजना बनाएको उनको भनाइ छ। हिल स्टेशनमार्फत हिमाली क्षेत्रको अवलोकन, हिउँ खेल्न, निजी क्षेत्रलाई सहभागिता गराएर रिसोर्ट सञ्चालन गर्न सहज हुने जनाइएको छ।  

सिन्धुपाल्चोक र दोलखाको सिमानामा निर्माण हुन लागेका मुडेको हिल स्टेशन करिब ३ हजार मिटर उचाइमा रहेको छ। राजधानीबाट नजिकै भएकाले यहाँ स्टेशन निर्माण गर्दा पर्यटक प्रवर्द्धनमा सघाउ पुग्ने मन्त्रालयको योजना छ। उच्च क्षेत्रमा भएकाले हिमपातका साथै पर्यटकीय क्षेत्रकोे रुपका मुडे प्रख्यात छ। 

प्रक्रिया

प्रदेश सरकारको गौरवको योजनाको रुपमा लिएको हिल स्टेशन निर्माणको लागि मन्त्रालयले सबै तयारी पूरा गरेको मन्त्रालयले जनाएको छ। सबै तयारी पूरा गरिसकेको भएकाले तिहार लगत्तै हिल स्टेशन निर्माणको काम सुरु हुने मन्त्री नेपालको भनाई छ। मन्त्रालयले कार्यविधि तयार गरेर पूर्वाधार सर्वेक्षण गरी गुरुयोजना समेत तयारी गरिसकेको छ। स्थानीय तहसँगको सहकार्यमा निर्माण समिति गठनपछि कामले तिव्रता पाउँनेछ। 

डिजाइन

निर्माण हुन लागेको हिल स्टेशन मल्टीप्रपोज हुनेछ। हिल स्टेशन निर्माणको लागि पर्यटन मन्त्रालयले डिजाइन तयार पारेको छ। स्टेशनमा आर्कषक बगैचा, भ्यु टावर, कोशेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट लगायतका भौतिक संरचना निर्माण गरिने मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.