|

कालिकोट : जुम्ला विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको तारा एयरको विमान काठमाडौं लगिएको छ। गत जेठ २६ गते अवतरण गर्ने क्रममा टायर पञ्चर भएर तारा एयरलाइन्सको ९ एन एईभी कलसाइन विमान दुर्घटनामा परेको थियो। 

दुर्घटनामा परेको विमान एक महिना लगाएर क्यानडा र स्विजरल्याण्डका प्राविधिकहरूले मर्मत गरेका थिए। विमानस्थलमा दुर्घटना परेको विमान पार्किङ्गमा राखिएको महिनौं दिन भएको र मर्मतपछि रनवेमा परीक्षण गरिएको उडाउन योग्य रहेको प्राविधिकले बताएपछि बिहीबार बिहानै काठमाडौं उडान भरिएको जुम्ला विमानस्थलका प्रमुख कैलाश शर्माले बताए।

‘विमानस्थलको रनवेमा परीक्षण गरेपछि उडान भर्न योग्य रहेको प्राविधिकले जनाएको आज नै काठमाडौंका लागि जहाजले उडान भरेको छ’ उनले भने, ‘विमान बनाउन बिदेशी प्राविधिकले एक महिना लगाएका थिए।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.