|
प्रतीकात्मक तस्वीर

धनुषा : धनुषामा एक युवकको अत्यधिक लागुऔषध सेवनको कारण मृत्यु भएको छ। धनुषाको धनौजी गाउँपालिका २ स्थित मस्जिद नजिकै अचेत अवस्थामा फेला परेको युवकलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार नाम, थर तथा ठेगाना खुल्न नसकेको अन्दाजी २५ वर्षीय युवक अचेत अवस्थामा भेटिएको र उनलाई जनकपुरधाम अञ्चल अस्पताल लगिएका थिए। जनकपुर अञ्चल अस्पतालमा उनको उपचार सम्भव नभएपछि धरान लैजादै गर्दा बाटोमा मृत्यु भएको हो।

बिहीबार बिहान स्थानीवासीहरूले मर्निङवाकका क्रममा धनौजी र भररियाको सीमाको सडकको खाल्डोमा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो। खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय औरही र प्रहरी चौकी भररियाको टोली पुगेर उनलाई जनकपुर अञ्चल अस्पताल पुर्‍याएको थियो।

मृत्युको यथार्थ यकिन नभए पनि अत्यधिक लागुऔषध सेवनका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.