|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा आज भाइटीकाको दिन शुभकामना सन्देश जारी गरेका छन्। मुख्यमन्त्रीले जारी गरेको सन्देशमा नेपालीहरुको महान् चाड दीपावली सामाजिक सद्भाव र सम्बन्ध, कर्तव्‍य परायणता, व्यक्ति तथा समाजको समृद्धिसँग जोडिएको यस पर्वले हाम्रो प्रदेशमा सुख, शान्ति, सामाजिक न्याय र सुशासनसहितको समग्र विकासलाई अगाडि बढाउनमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

‘यस महत्वपूर्ण अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै यस दीपावली पर्वले हाम्रा भावना र विचारहरूलाई अझ प्रकाशमय बनाइ प्रदेशको विकासका लागि प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्‍यक्त गर्दै दीपावली पर्वले हामी सबैमा खुशी साटासाट गर्दै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्‍याउन सकोस् भन्ने सुभेच्छासमेत प्रकट गर्दछु।’ मुख्यमन्त्री भट्टले जारी गरेको सन्देशमा  भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.