काठमाडौंः पूर्व राजा ज्ञानेन्द्र शाहले भाइटीका लगाएका छन्। उनले आफ्नौ ज्योतिषले दिएको साइत अनुसार टिका लगाएका हुन्। टिकाको साइत ११ बजेर ५५ मिनेट जाँदा उत्तम भनेर निर्णय गरिएको भए पनि शाहले त्यो भन्दा पहिले नै टिका लगाएका हुन्।
उनले विहान ९ बजेर ५० मिनेट जाँदा टिका लगाए। उनले आफ्नी बहिनी शोभाको हातबाट टिका लगाए। उनी टिका लगाउनको लागि शोभाको घरमा पुगेका थिए। तिहारको टिका लगाउँदै उनले सम्पूर्ण नेपालीको सुख शान्तिको कामना समेत गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।