|

गुल्मीः भाइटीका लगाइदिन माइती जाँदै गर्दा बोलेरो जिप दुर्घटना हुँदा एकै घरका ५ जना घाईते भएका छन्। सदरमुकाम तम्घासदेखी रेसुङगा नगरपालिका ३ भाडगाउँ जाँदै गरेको बोलेको दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरी नायब निरीक्षक शिब बहादुर खत्रीले जानकारी दिए।

बा १० च ६१५२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा  तम्घासमा संचालन हुदै आएको निर्मला बस्त्रालयका एउटै घरका ५ जना घाइते भएको खत्रीले जनाए। घाइते मध्ये निर्मला केसी गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई  उपचारका लागि काठमाडौं लैजानका लागि सेनाको हेलिकप्टर बोलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.