|

अछाम : अछाममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ। जिल्लाको कमलबजार नगरपालिका ५ का ४१ वर्षीय बखतबहादुर थापाको बिहीबार साँझ गैरीटारबाट घर जानेक्रममा घर नजिकैको बान्ढिके भिरबाट लडेर ज्यान गएको हो।

बिहीबार साँझ करिब ७ बजेतिर घर फर्किन लागेका थापा बाटोबाट करिब दुई सय मिटर तल खसेका हुन्। मोबाइलको उज्यालोले हिँड्दै गरेका थापाले हिड्ने बेला पनि मोबाइल चलाइरहेकाले भिरबाट खस्न पुगेको प्रत्यक्षदर्शी तथा उनका भिनाजु मोहन खत्रीले बताए। स्थानीयका अनुसार मृतक थापाको टाउकोमा गहिरो चोट लागेको थियो। थापा स्थानीय महाकाली माध्यामिक विद्यालयका कार्यालय सहयोगीसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.