|

काठमाडौं : दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकालाई सबैकी साझा दिदी अन्जली मास्केले भाइटीका लगाइ दिएकी छन्। मास्केले करिब २०० जनालाई टीका लगाइ दिएकी हुन्।

उनले सगुन भने २०८ जनालाई तयारी गरेकी थिइन्। विसं २०५५ देखि अञ्जली दिदी र अञ्जली दिदीकी दिदी रेणु मास्के प्रधान मिली सामूहिक भाइटीका लगाउँदै आएकी छन्। मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो। मास्केले धार्मिक विधिअनुसार मण्डप बनाइ अष्टचिरञ्जीविको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, सप्तरंगी टीका लगाइदिँदै आशीर्वाद दिएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.