|

कपिलवस्तु : परिवारको बिछोडमा अनाथाश्रममा जीवनयापन गरिरहेका कपिलवस्तु बालगृहका १४ जना बालकहरूले बालगृहमै भाइटीका लगाएका छन्। दशैँ रमाइलो गरी मनाएका बालगृहका आश्रित १४ जना बालकहरूलाई रुकुमकी प्रेरणा चन्द र प्युठानकी टीका पुन मगरले भाइटीका लगादिएका हुन्। चन्द र मगर दुवैजना यहि बालगृहमा हुर्किएका चेली हुन्।

बालगृहमा रहेका २० जना बालकहरूमध्ये ६ जना आफन्त कहाँ गई तिहार मनाएका बालगृहले जनाएको छ। अनाथ बालकका लागि आश्रमले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा सबैको व्यवस्था गरेको छ।

'बालबालिकालाई आफन्तको कमी महसुस नहोस् भनेर धेरै कोसिस गर्छौं', कपिलवस्तु बालगृहका प्रमुख रामप्रसाद अर्यालले भने, 'चाडपर्वमा विशेष खानपान र रमाइलोको व्यवस्था गर्छौं।' २० जना बालकहरू रहेको यो बालगृहमा चारदेखि १७ वर्षसम्मका बालक रहेको बालगृहका प्रमुख अर्यालले जानकारी दिए। उनीहरूलाई तौलिहवास्थित बुद्धपद्म माविमा अध्ययन गर्ने व्यवस्था बालगृहले मिलाएको छ।

कैदीबन्दीले पनि लगाए भाइटीका

जिल्ला कारागार कपिलवस्तुमा रहेका कैदीबन्दीहरूले आज भाइटीका लगाएका छन्। भाइटीकाको शुभ साइतमा जिल्ला कारागारमा रहेका ३१५ जनामध्ये दुई सय बढी टीका लगाएको कारागार प्रमुख सन्तोष थापाले जानकारी दिए। 

विभिन्न मुद्दाहरू खेप्दै कारागारमा बस्नुपरेता पनि भाइटीका लगाई एक आपसमा सद्धभाव साटन पाउँदा खुसी लागेको कैदीबन्दीहरूको भनाइ छ। कारागारमा रहेका तीनजना महिलाहरूले भने तिहार नमनाएको प्रमुख थापाले बताए। उनीहरूलाई भाइटीकाका लागि बिहान १०:३० बजेदेखि चार बजेसम्मको समय व्यवस्थापन गरिएको कारागार प्रमुख थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.