|

बारा : निजगढमा गएराति ट्याक्सी र पिकअप भ्यान ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। 

निजगढ नगरपालिका ७ का आकाश भनिने २५ वर्र्षीय तिलक माझी, २५ वर्षीय विशाल माझी र भक्तपुरका २९ वर्षीय समुन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको निजगढ अस्पताल र एक जनाको चुरेहिल अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्सीमा सवार घाइते दुई जनाको उपचार पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

निजगढ नगरपालिका–९ भमरा पुलमा राति साढे १ बजेतिर तीव्र गतिमा रहेको बा २ च २११७ नम्बरको ट्याक्सीलाई ग २ च २३२५ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको हो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.