|

इंग्ल्यान्डले श्रीलंकाको गालेमा जारी तीन खेलको टेस्ट श्रृ‌ंखलाको पहिलो खेलमा जित हात पारेको छ। विदेशी भूमिमा लगातार निरीह रहँदै आएको इंग्ल्यान्डले १३ टेस्टपछि पहिलो जित निकालेको हो।

यसअघि २०१६ मा बंगलादेशविरुद्ध चटगाउँमा जित निकाले यता इंग्ल्यान्डले विदेशमा खेलेमा जित निकालेको थिएन। जितपछि श्रीलंकाले सिरिजमा १–० को अग्रता लिएको छ। श्रीलंकाविरुद्ध इंग्ल्यान्डले ४६२ रनको लक्ष्य राखेको थियो। जवाफमा श्रीलंका ८५.१ ओभरमा अलआउट हुँदै २५० रनमा समेटियो।  प्रतियोगितामा आफ्नो डेब्यु खेलमा नै सतक लगाएका इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान बेन फोक्स म्यान अफ द म्याच चुनिए। उनले २०२ बलको सामना गर्दै १०७ रन बनाएका थिए।

श्रीलकाका लागि दोस्रो इनिङमा एन्जेलो म्याथ्युजले ९२ बलमा ५३ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। त्यस्तै, कुशल मेन्डिसले ४५ रन बनाउँदो कौशल सिल्वाले ३० तथा दिलरुवान परेराले ३० रनको योगदान दिए।

यसअघि पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो पारीमा ३४२ रन बनाउँदा दोस्रो पारीमा ६ विकेट गुमाएर ३२२ रन बनाएको थियो। उसका लागि पहिलो पारीमा फोक्सले तथा दोस्रो पारीमा कीटोन जेनिंग्स्ले १४६ रन बनाउँदै सानदार सतकीय इनिङ खेलेक थिए। श्रीलंका भने पहिलो पारीमा २०३ रनमा समेटिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.