|
प्रतीकात्मक फोटो

दैलेख : प्रहरी र जुवाडेको समूहबीच झडप हुँदा प्रहरी निरीक्षकसहित दुईजना प्रहरी घाइते भएका छन्। दुल्लू नगरपालिका–७ कृर्ति खम्बमा शुक्रबार राति जुवा खेलिरएका जुवाडेको समूह र प्रहरीबीच झडप भएको हो।

जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा दुल्लू प्रहरी प्रमुख बजिर सिंह बिष्टको नेतृत्वमा सात जना प्रहरी उक्त्त स्थानमा गएको थिए। प्रहरीले जुवा खेल्न नपाइने भन्दै जुवाडेलाई धपाउन खोज्दा जुवाडेले प्रहरीमाथि नै ढुंगा मुढा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुर प्रशाद पोखरेलले जानकारी दिए। प्रहरीले झडप नियन्त्रण गर्न घटनास्थलमा तीन राउण्ड हवाई फायरसमेत गरेको उनले बताए।  

सो घटनामा प्रहरी निरीक्षक बजिरसिंह बिष्टको टाउकोमा चार टाँका लगाइएको छ। साथै प्रहरी सहायक निरीक्षक शुजनकुमार खड्काको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते दुवैको दुल्लू अस्पतालमा उपचार भइरहेको दैलेख प्रहरी प्रमुख पोखरेलले बताए। घटनाबारे अनुसन्धानको लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटा घटनास्थल पुगेका छन्। टोलीले घटनाबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.