|

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण कम्तिमा नौ जनाको ज्यान गएको छ।

क्यालिफोर्निया राज्यको उत्तरी भागबाट यात्रा गरिरहेका व्यक्तिहरूको सवारी साधनलाई आगोले छोएको थियो। त्यसपछि ती सवारीमा रहेका नौ जनाको ज्यान गएको बताइएको छ। क्यालिफोर्निया राज्यको उत्तरतर्फ रहेको बुटे काउन्टीमा ती व्यक्ति यसरी आगोमा परेका हुन्।

उक्त जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको छ। समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरूपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको बताइएको छ।

उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भए पनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन। तर पनि यहाँका उद्धारकर्ताहरूले अहिलेसम्म एक लाख ५० हजार जनालाई सुरक्षित स्थानमा पठाइएको अधिकारीहरूले बताएका छन्।

शुक्रबार देखिएको यो आगलागी क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १३० किलोमीटर उत्तरमा रहेको उक्त काउन्टीको जंगलमा हो। सो क्षेत्रमा गत वर्ष पनि बढी मात्रामा आगो लागेको बताइएको थियो।

सो क्षेत्रमा अग्निनियन्त्रक र अरु उद्धारकर्मीहरु परिचालन गरिएको भए पनि आगो नियन्त्रणमा लिन सकिएको छैन। 

उनीहरूले प्रारम्भिक रूपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरूकै कारण जंगलमा आगलागी भएको र उनीहरूको ज्यान गएको बताएका छन्। तर यस कुराको पुष्टि भने भएको छैन। प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ। यस विषयमा यहाँको वन विभागले भने कुनै थप सूचना दिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.