|
प्रतीकात्मक तस्वीर

सुर्खेत : नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ।

गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि शनिबार नुवाकोट पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

उनका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–१२ का निर्मल विश्वकर्माको घरमा बन्धक बनाएर राखेको अवस्था प्रहरीले उनीहरूलाई शुक्रबार उद्धार गरेको हो। किशोरीहरूको उद्धारपछि बन्धक बनाउने विश्वकर्मालाई नियन्त्रणमा लिएर कारवाहीका लागि त्यहाँको प्रहरीले नुवाकोटतर्फ पठाएको हो।

शुक्रबार राति यहाँबाट गएका पीडित किशोरीका अभिभावक र प्रहरीले शनिबार त्यहाँबाट बन्धक बनाउने विश्वकर्मा र किशोरीलाई नुवाकोटतर्फ ल्याइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.