|

लहान : सिरहाको गोलबजार नगरपालिका ३ जमदहमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार अपरान्ह एक युवकको मृत्यु भएको छ।

तीव्र गतिमा रहेको को. ३५ प २६६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका गोलबजार नगरपालिका २ गुरुधामका २३ वर्षीय रवि थापाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

प्रहरीका अनुसार गोलबजारबाट उत्तर पर्ने जमदह गइरहेका बेला मोटरसाइकल पल्टिएर घाइते थापालाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मृतक  थापाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.