|

सिन्धुली : साम्राज्यबादी व्रिटिस अंग्रेज फौजलाई ऐतिहासिक सिन्धुलीगढी किल्लामा नेपाली वीर गोर्खाली सेनाहरूले परास्त गरेको शनिबार २५१ वर्ष पूरा भएको छ। व्रिटिस अंग्रेज फौजसँगको युद्धलाई जितेको २५१ वर्षपछि ऐतिहासिक सिन्धुलीगढी किल्लाको पुनर्निर्माणको उद्घोषसमेत शनिबार नै गरिएको छ।

सिन्धुलीगढीमा आयोजित विजय उत्सव कार्यक्रममा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरीक उडड्यान मन्त्री रवीन्द्र अधिकारीले साम्राज्यबादी व्रिटिस अंग्रेज फौजसँगको युद्धलाई जितेको २५१ वर्षपछि ऐतिहासिक सिन्धुलीगढी किल्लाको पुनर्निर्माणको उद्घोष गरिएका हुन्।  

मन्त्री अधिकारीले सिन्धुलीगढीमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गर्दै देशकै प्रमुख पर्यटन गन्तब्यका रूपमा विकास गर्नेगरी सिन्धुलीगढी क्षेत्रको पुनर्निर्माण अभियानको थालनी भएको उद्घोष गरेका छन्। मन्त्री अधिकारीले  पुनर्निर्माणका लागि एक साताभित्रै टेण्डरको आह्वान गर्न स्थानीय सरकारको रूपमा रहेको कमलामाई नगरपालिकालाई निर्देशनसमेत दिएका छन्।

मन्त्री अधिकारले सगरमाथाको भन्दा पनि उच्च गरिमा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्वअनुसार नै पुनर्निर्माण गरिने बताउँदै गढी किल्ला र गढी दरबारको पुनर्निर्माणका लागि लाग्ने बजेटको अभाव नहुने प्रष्ट पारे। उनले प्रकृया पूरा गरेर आगामी दुई वर्षभित्रै सम्पन्न गर्ने गरी एक हप्ताभित्रै टेण्डरको आह्वान गर्न कमलामाई नगरपालिकालाई आग्रह गरेका छन्।  यदि प्रक्रिया पूरा गर्न समय लागेमा ढिलोमा एक महिनाभित्र टेण्डर गरिसक्न पनि निर्देशन दिएका छन्।

मन्त्री अधिकारीले नेपाली भूमि हडप्दै नेपाललाई पनि उपनिवेश बनाउँन आएका अंग्रेज फौजलाई परास्त गरेर नेपाल र नेपालीको शीर उच्चा राख्न सफल ऐतिहासिक सिन्धुलीगढी किल्ला अब देशकै प्रमुख पर्यटकीय गन्तब्य बनाउँन केन्द्रीय सरकार प्रतिबद्ध भएको जनाए। सिन्धुलीगढीको पुनर्निर्माणका लागि कमलामाई नगरपालिकाको पहलमा गैर आजासी नेपाली संघले (एनआरएन) हालैमात्र गुरुयोजना निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरि सकेको छ।

उक्त गुरुयोजनामा सिन्धुलीगढीको पुनर्निर्माणका लागि १७ करोड रुपैयाँ लाग्ने उल्लेख गरिएको छ। सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीहरूको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यबादी व्रिटिस अंग्रेज फौजलाई हराएको ऐतिहासिक स्थल हो।

शनिबार  संसारका शक्तिशाली देशहरूलाई उपनिवेश बनाउँदै आएको अंग्रेजहरूको वृटिस सेनालाई सिन्धुलीगढीमा हराएर नेपालको सार्भभौम र अखण्डता जोगाएको २५१ वर्ष पूरा भएको छ। उक्त अवसरमा कमलामाई नगरपालिकाले अंग्रेज विरुद्ध विर गोर्खालीहरूले जितेर विजय प्राप्ती गरेको स्मरणमा आठौं सिन्धुलीगढी विजय उत्सव भब्यरूपमा मनाएको छ। २०६७ सालमा नेपाल पत्रकार महासंघ सिन्धुलीले पहिलो पटक गढीमा विजय उत्सव मनाएपछि त्यस यताका हरेक वर्ष कात्तिक २४ गते निरन्तर विजयउत्सव मनाइदै आएको छ।

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिहरू आएपछि गत वर्षबाट उक्त विजय उत्सव कमलामाई नगरपालिकाले आयोजना गर्दै आएको छ। कमलामाई नगरपालिका ३ मा पर्ने सिन्धुलीगढी सरकारले सन् २०२० का लागि लक्षित गर्दै घोषणा गरेको देशका एक सय उत्कृष्ठ पर्यटन गन्तब्य मध्येको एक हो।

कार्यक्रममा प्रदेश तिनका अर्थमन्त्री कैलाश ढुङ्गेलले गढीको विकास गर्दै प्रदेश १ का उपत्यका बाहेकका १० जिल्ला मध्येको उत्कृष्ठ पर्यटकीय गन्तब्य स्थलको रूपमा विकास गर्न प्रदेश सरकारले सबै प्रकारका सहयोग गर्ने बताए।

कार्यक्रममा जिल्लाबाट निर्वाचित संसदहरू तथा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले १ सय ३५ विगाहामा फैलिएको सिन्धुलीगढी क्षेत्रको बृहत्तर विकासका लागि प्रदेश र केन्द्रीय सरकारसँग सहयोगका लागि आग्रह गरेका थिए।

नेपाल एकिकरणका ऐतिहासिक किल्ला मध्यको एक सिन्धुलीगढी किल्ला र गढीदरबारको समयमा संरक्षण हुन नसक्दा ऐतिहासिक तथा पुरातात्विक महत्वसमेत हराउँदै जना थालेको थियो।

सिन्धुलीगढी दरबारको स्थापनाको मिति एकीन नभए पनि विस १८२४ भन्दा धेरै वर्ष पहिलानै स्थापना भएको अनुमान गरिएको छ। २०२० सालभन्दा अघि सिन्धुलीको सम्पूर्ण प्रशासनीक निकायदेखि अड्डा अदालत पनि त्यहिँ थिए। त्यसअघि गढी दरबारको रेखदेख र संरक्षण गोरखकाली फौजले गर्दै आएको थियो। तर २०२० सालपछि जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा झारेपछि यस क्षेत्र ओजेलमा पर्दै गएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.