|

काठमाडौं : नेपाली विद्यार्थी नेपाली विषयमै कमजोर देखिएका छन्। निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि गरिएको एक अनुसन्धानले उनीहरू नेपाली विषयमा औसतभन्दा कमजोर देखिएका हुन्।

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले यो वर्ष गरेको अध्ययनअनुसार नेपाली विषयमा अधिकांश प्रदेशका विद्यार्थीले औसत अंक पनि प्राप्त गरेनन्। चारवटा प्रदेशका विद्यार्थी औसतभन्दा कमजोर देखिएका छन् भने तीनवटा प्रदेशले औसत अंक बल्लतल्ल कटाएका छन्।

अध्ययनअनुसार गणितभन्दा पनि नेपालीमा विद्याथी कमजोर छन्। गणितमा तीनवटा प्रदेशले औसत अंक ल्याउन सकेकोमा नेपालीमा चारवटा प्रदेश असफल भएका छन्। विज्ञानमा भने पाँचवटा प्रदेशले औसत अंक ल्याउन सकेका छैनन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.