|

काठमाडौं : सरकारी सेवामा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ। लोकसेवाका अनुसार गत आर्थिक वर्ष ०७४\७५ मा माग संख्याभन्दा आवेदन ९५ गुणाले बढेको हो।

राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार आयोगले विभिन्न पदमा पाँच हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेको थियो। ती पदमा पाँच लाख ७१ हजार ३२२ जाले दरखास्त दिए। दरखास्त दिनेमा महिलाको संख्या दुई लाख ९६ हजार सात सय चार थियो भने पुरुष दुई लाख ७१ हजार एक सय ४९ थिए।

‘गत वर्ष माग गरिएको पदभन्दा ९५ गुणा बढीले दरखास्त दिए। यसले सरकारी सेवाप्रतिको आकर्षण चुलीमा पुगेको देखाउँछ’, लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले भने। नेपालको संविधान जारी हुनुअघि आयोगले निजामती सेवाका लागि आवश्यक पर्ने जनशक्तिको मात्रै परीक्षा लिने गरेको थियो। संघीय शासनअनुरूपको संविधान आएपछि लोक सेवाले नेपाली सेना, दुईवटै प्रहरी बल तथा अन्य संगठित संस्थाको रिक्त पदमा समेत परीक्षा लिँदै आएको छ।

बिना सोर्सफोर्स निष्पक्ष रूपमा परीक्षा हुने भएकालेले यसतर्फको आकर्ष बढेको हो। सरकारी सेवाका जानकारहरूका अनुसार जागिरमा प्रवेश गरेर उच्च तहमा पुगेकाहरूको आर्थिक अवस्था मजबुत र जीवनशैली विलासी भएकाले पनि यसतर्फ आकर्षण बढेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.