|
Representative Photo

भारतको इन्दिरा गान्धी विमानस्थलबाट अरियाना एरलाइन्सको विमानका को पाइलटले गल्तीले 'विमान अपहरणको बटन' दबाएपछि हल्लीखल्ली मच्चिएको छ।

भारतबाट अफगानिस्तानको कान्दाहार जान लागेको विमानमा १२४ यात्रु र नौ जना कर्मचारी थिए। उड्न ठिक्क परेको विमानका को–पाइलटले गल्तीले अपहरणमा परेको संकेत दिने बटन दबाएपछि विमानस्थल प्रशासनले उक्त विमानलाई उड्न रोक लगाउएको थियो भने सुरक्षाकर्मीले चारैतिरबाट घेराबन्दी गरेका थिए।

राष्ट्रिय सुरक्षा गार्डका कमाण्डोसहित सुरक्षासँग सम्बन्धित विभिन्न निकाय उच्च सतर्कअवस्थामा रहे। विमानभित्र रहेका यात्रुमा पनि हल्लीखल्ली मच्चियो। लगत्तै विमानमा जाँच सुरु गरियो। त्यसपछि उक्त विमानमा रहेका यात्रुको सुरक्षा जाँच गरियो।

लामो अनुसन्धानपछि उक्त विमानका पाइलटले भुलवस अपहरणमा परेको सूचना दिने स्वीच थिचेको पाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। त्यसपछि विमान करिब दुई घण्टा ढिलो नयाँ दिल्लीबाट अफगानिस्तानका लागि उडेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.