|

काठमाडौं : ओलम्पिक एसिया छनोट महिला फुटबलमा नेपालले अाइतबार घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। खेल म्यानमारको घरेलु मैदानमा साँझ सवा ५ बजेदेखि सुरु हुनेछ।

समूह सीको खेलमा घरेलु टोली म्यानमारले बंगलादेशमाथि ५–० को जित निकाल्दै ३ अंक जोडेको छ भने नेपालले पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेल्दै १ अंक बनाएको छ।

यो खेलमा म्यानमारलाई पराजित गरे नेपाल दोस्रो चरणका लागि छनोट हुनेछ भने पराजित भए अन्तिम खेलमा बंगलादेशसमाथि जित्नै पर्ने दबाब हुनेछ। नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.