|

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा टोटनह्याम हट्सपर, कार्डिफ सिटी र न्युकासल युनाइटेड विजयी भएका छन्।

अंक तालिकामा चौथो स्थानमा रहेको टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० ले हरायो। त्यस्तै न्यूकासल युनाइटेडले बर्नमाउथलाई २–१ ले पराजित गर्दा कार्डिफ सिटीले ब्राइटनलाई पनि २–१ कै अन्तरमा हरायो।

हडर्सफिल्ड टाउनले वेष्टह्याम युनाइटेडसँग १–१ गोलको बराबरी खेल्दा लेष्टर सिटी र बर्नलेले गोलरहित बराबरी तथा वाट्फोर्ड र साउथह्याम्पटनले १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो।

प्रिमियर लिग फुटबलमा आइतबार चार खेल हुनेछन्। खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे लिभरपुल र फुल्हाम भिड्दा राति ८ बजे चेल्सीले एभर्टनसँग खेल्नेछ। यसैगरी राति सवा १० बजे म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी तथा आर्सनल र वुल्भरह्याम्पटन वान्डरर्स आमनेसामने हुनेछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.