|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ खुरकोटका लक्ष्मण पौडेलले सात दिनसम्म लगातार साइकल चलाएर ‘गिनिज बुक अफ वर्ल्‍ड रेकर्डस’ मा नाम लेखाउन सफल भएका छन्।

दुबईको ‘फ्ल्याग डे’ को अवसरमा सेक्युरिटी ग्रुप दुबई सिरा (सेक्युरिटी इन्‍डस्‍ट्री रेगुलेटरी एजेन्सी) ले आयोजना गरेको साइकल चलाउने प्रतिस्पर्धामा पौडेललाई अन्य ६ जनाले साथ दिएका थिए। दुबईसहित अन्य देशहरूका निजी तथा सार्वजनिक सुरक्षा तथा सेक्युरिटी कम्पनीका समूहहरूको सहभागितामा रहेको प्रतियोगितामा पौडेलको टोलीले साइकल चलाएरर १९७१ किलोमिटरको दूरी १५३ घण्टा २३ मिनेटमा पार गरेको थियो।

प्रतियोगितामा सहभागी बनेकाहरूलाई एउटैमा सातजना बस्न मिल्ने साइकल प्रदान गरिएको थियो। उनको टोलीले नोभेम्बर १ देखि ७ सम्म लगातार साइकल चलाएको थियो।

पौडेललाई दुबई सिराका कार्यकारी निर्देशक एच. ई .खलिफाले गिनिज बुक अफ वर्ल्ड रेकर्डस’ को प्रमाणपत्र प्रदान गरेका छन्। तीन वर्ष अघिदेखि पौडेल दुबईको अर्कान सेक्युरिटी कम्पनीमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.