|
Photo : media.npr.org

काठमाडौं : पछिल्लो केहीदिनदेखि चिसो बढेको छ। चिसोका कारण बालबालिका, महिलादेखी वृद्धवृद्धा मात्र नभइ सबै उमेर समूहका मानिसलाई विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ।

निमोनिया, दम, रूघाखोकी, टन्सिल, ब्रोन्काइटिसजस्ता समस्याबाट ग्रस्त हुने मानिसको संख्या दिनानु दिन बढ्दै गएको छ। चिसोका कारण बिरामी परेर अस्पताल र स्वास्थ्य केन्द्रहरूमा पनि प्रभावितहरूको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन्। 

चिसो मौसममा सबैभन्दा बढी देखि समस्या हो, रूघाखोकी। चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाइ महसुस हुने लगायतका समस्या देखिन्छ। चिसोबाट बच्न सके रूघाखोकीबाट बच्न सहज हुन्छ।

चिसोबाट बच्न र रूघाखोकीबाट छुटकारा पाउनका लागि बजारमा पाइने औषधी भन्दा घरमा पाइने सामग्रीलाई औषधीको रुपमा प्रयोग गर्न सकिन्छ। केही यस्ता घरेलु सामग्रीहरु चिसो र मौसम परिवर्तन हुने वेलामा लाग्ने यस्ता रुघाखोकी बाट बच्न हाम्रो घर जसले रूघाखोकीबाट बच्न मद्दत गर्छ। 

रुघाखोकीको घरेलु उपचारहरु

बेसार : हरेक दिन बिहान खाली पेटमा ३ ग्राम देखी ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिसाएर नियमित ३/ ४ दिनसम्म लगातार सेवन गर्नाले रुघाखोकी सन्चो हुन्छ।

तुलसीको पात : ४/५ वटा तुलसीको पातलाई तातो पानीमा राखेर हरेक दिन बिहान खाली पेटमा सेवन गरे रुघाखोकीबाट बच्न सकिन्छ। यसका अलवा तुलसीको ४/५ वटा पातलाई नियमित महमा  मिसाएर खाएमा पनि खोकी निको हुन्छ।

अदुवा र मह : अदुवालाई हल्का पोलेर महसँग मिसाएर नियमित सेवन गरेमा पनि रुघाखोकीबाट बच्न सकिन्छ।

ज्वानो, वेसार, अदुवा :  ज्वानो, वेसार र अदुवालाई मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि रुघाखोकी निको हुन्छ।

रुदिलो : हाम्रो गाउँघरमा पाइने रुदिलोलाई पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोबाट निम्तिने श्वाशप्रश्वास सम्बन्धी समस्या पनि समाधान हुन्छ।

यस्तै, रुघाखोकी लागेको बेलामा हाम्रो घरगाउँमानै पाइने गुर्जोको लहरालाई थिचेर यसको रस नियमित सेवन गरेमा पनि रुघाखोकी, ज्वरोबाट बच्न सकिन्छ।

(सिंहदरबार वैद्मखानाका प्रबन्ध निर्देशक तथा वरिष्ठ आयुर्वेदिक डाक्टर राजेन्द्र गिरीसँग गरिएको कुराकानीमा आधारित)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.