|

पाँचथर : किरात धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्ती समारोह र शालिक अनावरणका लागि आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र किरात धर्म गुरु आत्मानन्द लिङदेन सवार दुवै हेलिकोप्टर धुलोका कारण अवतरण हुन सकेनन्।

मेची इङ्लिस बोर्डिङ स्कुलको खेलमैदानमा धुलोका कारण अवतरण गर्न असम्भव भएपछि मन्त्री पोख्रेल सवार हेलिकोप्टर ताप्लेजुङतर्फ उडेको छ भने किरात धर्मगुरु लिङदेन सवार हेलिकोप्टर भने इलामको लुम्देमा अवतरण गरिएको छ।

हाल मेची इङलिस बोर्डिङ स्कुलको खेलमैदानलाई पानीले भिजाउने कार्य भइरहेको आयोजकले जनाएको छ। धुलोका कारण हेलिकोप्टर अवरण सम्भव नभएपछि उपप्रधान तथा रक्षामन्त्रीले सम्बोधन गर्ने १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्ती र शालिक अनावरण कार्यक्रम केही ढिला हुने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.