|
प्रतीकात्मक तस्वीर

लहान : सिरहाको धनगढीमाई नगरपालिका ४ मा हलो जोत्दै गरेका वृद्धको आइतबार बिहान अरिंगालले टोकेर वृद्धको मृत्यु भएको छ। धनगढीमाई ४ जयपुर घर भएका ६८ वर्षीय सुकदेव सिंहको आफ्नै घर पछाडिको बारी जोत्दै गर्दा बिहान साढे १० बजेतिर अरिंगालले टोकेर मृत्यु भएको छोरा बेचन सिंहले बताए। ‘आफ्नै घर पछाडिको बारी जोत्दै गर्दा अरिंगालले टोकेछ’ उनले भने ‘बेहोस अवस्थामा घर ल्याई नपुर्‍याउँदै मृत्यु भयो, उपचारका लागि अस्पतालसम्म पनि पुर्‍याउन सकिएन।’

स्थानीयसमेत रहेका धनगढीमाई ४ का वडा सदस्य जयप्रकाश महतोले हलो जोतिरहेका सिंहका दुईजना छिमेकी खेतमा काम गरिरहेका बेला अरिंगालले टोकेपछि चिच्याउँदै घरतिर आएको बताए। ‘दुईजना भागेलगत्तै त्यहीँ नजिकै हलो जोत्दै गरेका सिंह र गोरुलाईसमेत अरिंगालले टोकेछ’ वडा सदस्य महतोले भने ‘छिमेकीले हल्ला गरेपछि खेतमा पुगेर बेहोस अवस्थामा खेतमै ढलेका वृद्धलाई घर ल्याउँदाल्याउँदै मृत्यु भयो।’

इलाका प्रहरी कार्यालय धनगढीबाट अहिले प्रहरीको एक टोली मृतक सिंहको घरमा पुगेको छ। घटनास्थल पुगेर के प्रारम्भिक अनुसन्धानपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.