|
प्रतीकात्मक तस्वीर

उदयपुर : रौतामाई गाँउपालिका ३ लाफागाँउमा १३ वर्षीया बालिका मृत फेला परेकी छन्। शनिबार बाख्रा चराउन गएकी एल्जिना खड्काको शव आइतबार जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिएका हुन्।

‘मुखमा नेप्किन (हात पुछ्ने कागज) खाँदेको र कुर्ता सुरुवाल खोलेको अवस्था शव भेटिएको जानकारी आएको छ,’ प्रहरी प्रमुख एसपी राईले भने, ‘जिल्लाबाट डिएसपी अर्जुन रानाभाटाको नेतृत्वमा टोली गएको छ। उनी बलात्कृत भएकी हुन कि होइन, भन्न मिल्ने अवस्था छैन।’

उनका अनुसार शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खड्काकी छोरी एल्जिना आइतबार लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन्। मृत फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको आशँका छ। ‘स्थानीय प्रहरी चौकीका प्रहरीले दिएको जानकारी अनुसार बाख्रा चराउन गएकी बालिका साँझसम्म घर नफर्केपछि स्थानीयले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो मृत फेला परेका हुन्,’ उनले भने, ‘त्यहाँबाट बलात्कारपछि हत्या भएको भन्न अपुष्ट जानकारी आएकाले डिएसपीको कामण्डामा प्रहरीले पठाएको छु।’

टोली आइतबार बेलुका या सोमबार बिहानसम्म घटनास्थलमा पुगिसक्ने एसपी राईको भनाइ छ। घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७५ किलोमिटर उत्तर विकट क्षेत्रमा पर्छ। बलात्कारपछि हत्या नै हो भन्ने यकिन गर्न प्रहरी घटनास्थलमा पुगिन सकेपछि मात्र थाहा हुने प्रहरी प्रमुख राईको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.