|

ओलम्पिक खेलको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना कायमै राखेको छ। आइतबार म्यानमारमा भएको खेलमा नेपालले घरेलु टोली म्यानमारसँग बराबरी खेलेसँगै नेपालले ‌‌ओलम्पिक छनोटको अघिल्लो चरणमा जाने सम्भावना कायमै राखेको हो। 

म्यानमारको थुवुन्न रंगशालामा भएको खेलमा नेपाल र म्यानमारले १-१ गोलको बराबरी खेलेको हो।

खेलको दोस्रो मेनेटमा नै नेपाललाई सावित्रा भण्डारीले पेनाल्टीमार्फत अग्रता लिएकी थिइन्। जसलाई म्यानमारले १३ औँ मिनेटमा कर्नरमार्फत बराबरी बनाएको थियो। त्यसपछि दुवै देशले राम्रा अवसर पाएपनि गोलमा परिणत गर्न सकेनन् र खेल बराबरीमा नै टुंगियो। 

ओलम्पिकमा एसिया छनोटमा नेपालको यो दोस्रो बराबरी हो। नेपालको महिला फुटबल टिमले पहिलो खेलमा भारतसँग बराबरी खेलेको थियो। भारतसँग पनि नेपालले १-१ गोलकै बराबरी खेलेको थियो। यी दुई बराबरीसँगै नेपालको अघिल्लो चरणमा प्रवेशको सम्भावना कायमै रहेको छ।

नेपालले अब मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेश भारतसँग फराकिलो अन्तरले पराजित भएकाले नेपालले उक्त खेलमा राम्रो प्रदर्शन गरे अघिल्लो चरण प्रवेश गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.