|
File Photo

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएर उपचारबाट फर्किएपछि आइतबार पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक कात्तिक ११ यताको पहिलो हो। यसबीचमा प्रधानमन्त्री ओलीले छातीको संक्रमणका कारण अस्पताल भर्ना भएर स्वास्थ्यलाभ गरेका थिए।

आइतबार बसेको मन्त्रिपरिषद्का निर्णय के के भए भन्ने सार्वजनिक गरिएको छैन। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको एक निर्णय मात्र सार्वजनिक गरिएको छ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णयलाई सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए।

बाँस्कोटाले मन्त्रिपरिषद्मा धेरै विषयमा छलफल भएको र कतिपय विषयमा निर्णय पनि लिइएको बताए। तर के के निर्णय भए भन्नेबारे भने जानकारी दिएनन्। उनले निर्णय सार्वजनिक गर्नेबारे नयाँ प्रबन्धसहित जानकारी गराइने बताए। उनले भने, ‘लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बसेको छ। तपाईंहरूले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ।‘ उनले त्यो नयाँ व्यवस्था के हो भन्नेबारे पनि जानकारी दिएनन्।

यसअघि भने मन्त्रिपरिषद्का मुख्य निर्णयहरूबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.