|

काठमाडौं : एचआइभी संक्रमितको महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो।

तर डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्पतालको मुर्दाघरमै थन्कियो। मृतक एचआइभी संक्रमित भएको भन्दै डाक्टरले पोस्टमार्टम गर्न नमानेको खुलासा भएको छ। 

धादिङ नीलकण्ठ नगरपालिका–५, खाल्टेकी ३७ वर्षीया शर्मिला श्रेष्ठ (नाम परिवर्तन) ले गत शुक्रबार बिहान विष खाएकी थिइन्। उनी शौचालय आउने–जाने र उल्टी गर्न थालेपछि छोरीले आफूलाई खबर गरेको मृतकका श्रीमानद्ये बताए। उनका अनुसार हतार हतार सावुनपानी खुवाएर उपचारका लागि केउरीसम्म ट्रकमा  र त्यसपछि एम्बुलेन्समा काठमाडौं लाने क्रममा धार्के पुग्दा श्रीमतीको मृत्यु भएको  थियो भन्ने खबर नागरिक दैनिकमा छ। 

खानीखोलास्थित इलाका प्रहरी कार्यालयले पोष्टमार्टमका लागि सिफारिस गरेपछि उनले श्रीमतीको शव धादिङवेशीस्थित जिल्ला अस्पताल ल्याए। सुरुमा डाक्टरले शव पोष्टमार्टमका लागि सबै तयारी गरेका थिए। तर जब मृत्तक एचआइभी संक्रमति हो भन्ने थाहा पाए तब डाक्टर पोष्टमार्टम गर्नबाट पछि हटेको उनको आरोप छ।

‘सोधपुछका क्रममा मैले मृतक एचआइभी संक्रमित हो भन्नेबित्तिकै डाक्टरहरुले पोष्टमार्टम गर्न नमानेका हुन्’ उनले भने। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.