|

काडमाडौं : तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ? 

अनि आमाबाको लालानपालको दायित्वबाट पन्छिनुभएको त छैन? अब भने कानुनले नै तपाइलाई जिम्मेवार बनाउँदै छ। 

सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको तयारी  भइरकेको खबर अन्नपूर्ण दैनिकमा छ। मासिक रुपमा आमाबाको बैंकखातामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए। 

जेष्ठ नागरिकको स्वास्थ्य, लालनपालन तथा भविष्य सुनिस्चित गर्न यस्तो प्रावधान राखिएको राईले जिकिर गरे। ‘आर्थक कारणले नै जेष्ठ नागरिकको जीवन दयनीय बन्ने गरेकोले परिवारका सदस्यलाई लालनपालनमा जिम्मेवार बनाउन खोजिएको हो’ उनले भने।  सरकारले जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राखेको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.