|

लहान : सिरहाको धनगढीमाई नगरपालिका १० धनगढी बजारस्थित पूर्व पश्चिम सडक खण्डमा मोटरसाइकलको ठक्करले वृद्धको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका १ रामपुर बस्ने ६० वर्षीय जगदिश साह रहेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार तीव्र गतिमा रहेको ना. ५३ प ३५९९ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेका साहलाई ठक्कर दिएपछि गम्भिर घाइते भएका थिए। 

ठक्करले गम्भिर घाइते भएका साहलाई उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.