|

उदयपुर : एन्जिना खड्काको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन्। रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या आरोपमा सोमबार पाँचजना जनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाट नेतृत्वको टोलीले अनुसन्धानका लागि पक्राउ गरेको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एपसी) चन्द्रदेव राईले बताए। ‘शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिई तालिम प्राप्त कुकुरसहित टोली फर्कदै छ,’ एसपी राईले भने, ‘शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ।’ पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेर अनुसन्धान अघि बढाएको एसपी राईको बताए। 

गएको शनिबार हराएकी एल्जिना आइतबार दिउँसो लाफागाँउकै अमला जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। सोमबार बिहान जिल्ला प्रहरी कार्यालयले तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानमा पठाएको थियो। प्रहरीले समेत बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको एपसी राईको भनाई छ। 

सम्बन्धित समाचारः

प्रहरीतालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय चारजना जनालाई नियन्त्रणमा लिएको हो। स्थानीयबासीले नै किशाेरीको हत्यामा यी व्यक्तिहरूको संलग्नता हुनसक्ने अनुमान गरेकाले नियन्त्रणमा लिइएको उदयपुरका एसपी चन्द्रदेव राईले बताए। ‘पोष्टमार्टमबाट मात्र बलात्कारपछि हत्या हो वा अन्य भन्ने यकिन खुल्छ,’ उनले भने, ‘शवको प्रकृति हेरेर डिएसपीको कमाण्डमा गएको टोलीले प्रारम्भिक अध्ययनपछि बलात्कारपछि हत्या गरिएको नै देखिन्छ।’

अनुसन्धानका लागि लगिएको तालिम प्राप्त कुकुरले शवभन्दा केही पर खोल्सामा घटना भएको हुन सक्ने अनुमान गरेको प्रहरीको भनाइ छ। ‘मृत किशाेरीको चप्पलसमेत शवभन्दा अलि पर फेला परेको छ,’ रौतामाई गाँउपालिका ३ का वडाध्यक्ष दुर्गाराज खड्काले भने, ‘खोल्सामा बलात्कार गरी हत्यापछि शव सडक नजिक ल्याएर फालेको अनुमान गर्न सकिन्छ।’

मृत बालिकाको मुखमा नेप्किन कोचिएको, मलद्वार च्यातिएको, योनी सामान्य अवस्थामा नरहेको, घाँटीमा नङ गाडिएको, अन्य ठाउँमा पनि चिथोरेर घाउ भएकाले बलात्कारपछि हत्या भएको हुनसक्ने घटनास्थलमा पुगेका स्थानीय राजकुमार राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.