|

भद्रपुर (झापा) : झापाको दमकमा चार वर्षीया बालिकाको नालामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। 

मृत्यु हुनेमा दमक नगरपालिका ९ घर भई हाल सोही नगरपालिका ५ स्थित कामाक्षी होटल छेउमा डेरा गरी बस्ने शनि साहकी चार वर्षीया छोरी शञ्चलाकुमारी साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। नायव उपरीक्षक श्रेष्ठकाअनुसार घरनजिकै खेल्ने क्रममा शञ्चलाकाे पानी जमेको नालीमा डुबेकी थिइन्।

नालामा डुबिरहेका शञ्जलालाई आफन्तजले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगेका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.