|

रौतहट : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले रौतहटको चन्द्रनिगाहपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा शेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघ कार्यकर्ता कृष्ण ढकालको रिहाइको माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो। 

नेविसंघका केन्द्रीय सदस्य नवराज देवकोटाको अगुवाइमा निस्केको विरोध जुलुशले कार्यकर्ता ढकालको रिहाइको माग गरेको छ। नेविसंघको केन्द्रीय कार्यक्रम अनुसार रौतहटको चन्द्रनिगाहपुरमा पनि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको विद्यार्थी नेता सुमन गौतमले जानकारी दिए। 

नेविसंघ केन्द्रीय समितिले सोमबार ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, बुधबार जिल्ला सदरमुकामहरूमा दुई घण्टा चक्काजाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ। १६ वर्षीय ढकालले कुकुरको शरीरमा प्रधानमन्त्रीको फोटो जोडिएर बनाएको पोष्ट सेयर गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.