|

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नुहाउनको लागि म्याग्दीको तातोपानी पुगेका छन्। प्रचण्ड सचिवालयका अनुसार जीवन संगिनी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहमा उनी परिवारसहित तातोपानीमा नुहाउन सोमबार म्याग्दी पुगेका हुन्। 

बेनी नगरपालिका वडा ४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा नुहाउँदा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्‍ने भएकाले मानिसहरू तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ।

अध्यक्ष प्रचण्डसँग जीवन संगिनी सीता दाहालसहित, छोरी गंगा दाहाल स्वकीय सचिव जोखबहादुर महरा पनि रहेका छन्। त्यस्तै सरकारका गृहमन्त्री रामबहादुर थापा र उनकी श्रीमती नैनकला थापा पनि तातोपानी पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.