|

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउन खोज्दा प्रहरी र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच दोहोरो झडप भएको छ। नेविसंघ तपेश्वरी उच्च मावि काभ्रेका इकाई सभापती कृष्ण ढकाललाई प्रधानमन्त्रीको कार्टुन फेसवुकमा पोष्ट गरेको आरोपमा प्रहरीले कुकुर तिहारको दिन पक्राउ गरेकाले विरोध स्वरुप उदयपुरमा पनि पुत्ला जलाउन खोज्ला झडप भएको हो।

सोही पक्राउ विरोध स्वरुप पुत्ला दहन गर्न खोज्दा उदयपुरमा दोहोरो झडप भएको हो। सोमबार नेविसंघ उदयपुरले सदरमुकाम गाईघाटमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउँन खोज्दा प्रहरी हस्तक्षेप गरी लाठी चार्ज गरेको हो। नेपाली कांग्रेस उदयपुरको पार्टी कार्यालय गाईघाटमाबाट निकालेको पुत्ला प्रहरीले खोस्ने दोहोरो झडप भएको नेविसंघ नेता रोशन कार्कीले बताए।

‘पुत्ला जलाउने तयारीमा हामी गाईघाट सिटिहल अगाडि पुगेका थियौं,’ उनले भने, ‘प्रहरीले हस्तक्षेप गरेपछि झडप भयो।’प्रहरीले हस्तक्षेप गरी लाठी बर्साउँदा नेवि संघका नेता प्रलाद खत्री घाइते भएका छन, भने नेपाल शसस्त्र प्रहरीका जवान लक्ष्मण श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। ‘झडपमा प्रहरी र विद्यार्थी घाइते भए भन्ने सुनेको छु। किन भयो झडप भन्ने बारेमा जानकारी लिन भ्याएको छैन। म अर्कै काममा व्यस्त छु।’

घाइते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले नेवि संघको भनाइ छ। दोहोरो झडपपछि कोण सभालाई संबाेधन गर्दै नेपाल विद्यार्थी संघ उदयपुरका सभापति सन्तोष कोइरालाले वर्तमान सरकार जनविरोधी उद्घोष गरेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.