|

फिदिम : आगामी मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको छ। नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो। 

असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको पाँचथर जिल्लामा यही मंसिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए। जिल्लाका सरोकारवालासँगको छलफल र तयारीपछि राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने उनले बताए। 

राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९७४ को नेपाली नागरिकको विवरण संकलन भइसकेको विभागका महानिर्देशक काफ्लेले जानकारी दिए। 

पाँचथरका छ वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने कार्य पूरा भइसकेको विभागका निर्देशक शिवराज जोशीले बताए। सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.