|

काठमाडौं : घट्दै गएको वन्यजन्तुको संख्याले पृथ्वी र यससको स्रोतसाधन व्यापक दबाबमा परेको संकेत गरेको छ।

 सन १९७० देखि २००४ सम्मको अवधिमा स्तनधारी, चरा सरिश्रृप, उभयचर र माछाको संख्यामा ६० प्रतिशतले गिरावट आएको छ।  यो ४४ वर्षको अवधिमा मेरुदण्ड भएका जनावरको संख्यामा आधाभन्दा बढीको गिरावट आइसकेको आजको कारोबार दैनिकमा समाचार छ। 

विश्व वन्यजन्तु कोषका महानिर्देशक मार्को लाम्बर्टेनी मावन जातीले महत्वपूण विकल्पको समना गर्नुपर्ने अवस्था आएको बताउँछन्। यसमा पृथ्वीलाई जोगाउन र प्राकृतिक विश्वसँग हाम्रो सम्बन्ध परिवर्तन गर्नका लागि केन्द्रीकृत कदम चाल्ने तथा हाम्रो अवसरलाई आत्मसमर्पण गर्नेलगायत रहेका छन्। 

ह्वेल संरक्षण तथा अमेजनको वन विनाससँग जुध्नका लागि प्रशस्त मात्रामा आवश्यक ध्यान दिने तथा व्यवस्थित प्रजनन कार्यक्रको माध्यमबाट पान्डाको संख्यालाई बढाइनु आवश्यक रहेको छ। तर, संरक्षणको कामले महत्व गहन रुपमा चलिरहेको कोषले नयाँ प्रतिवेदनमा जनाएको छ। 

कोषको लिभिङ प्लानेट सूचक २०१८ ले प्रकृतिले सबै आर्थिक गतिविधिको हालमात्रै अनुमानित १२५ ट्रिलियन डलर (सवा करोड अर्ब नेपाली रुपैया बराबर) को प्रभाव वरेको जनाएको छ। यसले मानिसमा प्रकृतिको योगदानलाई एनसीपीको नाम दिएको छ। यसैबीच अमेरिकका मुलुकहरुमा प्राकृतिक भूमि आधारित सम्पत्तिको आर्थिक मूल्य प्रतिवर्ष २४ ट्रिलियन डलर रहेको जनाएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.